गृहपृष्ठ विश्वभर १३ लाख कोरोना संक्रमित ‘डिस्चार्ज’
विश्वभर १३ लाख कोरोना संक्रमित ‘डिस्चार्ज’
सांकेतिक तस्बिर
कोरोना भाइरस संक्रमित १३ लाख व्यक्तिको सफल उपचार भएको छ । बिहीबार बिहानसम्म भाइरस संक्रमित १२ लाख ९९ हजार २३४ जनाको उपचारपछि घर फर्किएका छन् ।
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर ज्यान गुमाउनेको संख्या दुई लाख ६४ हजार ८११ जनाको ज्यान गएको छ भने ३८ लाख १८ हजार ७९१ जना संक्रमित भएका छन् । वर्ल्डोमिटरको तथ्यांकअनुसार गएको २४ घण्टामा मात्रै ६ हजार ७८५ जनाले ज्यान गुमाएका छन् भने ९४ हजार २७३ जना नयाँ थपिएका छन् ।
अहिले विश्वभर २२ लाख ५४ हजार ७४६ जनाको उपचार भइरहेको छ भने ४८ हजार २०८ जनाको अवस्था गम्भीर रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । अहिले सबैभन्दा बढी फैलिएको अमेरिकामा ज्यान गुमाउनेको संख्या पछिल्लो केही दिनमा बढ्दै गएको छ ।
मृत्यु संख्या घटेर दैनिक हजारको आसपासमा पुगेको अमेरिकामा बिहिबार विहानसम्म एकै दिनमा २५ सयभन्दा बढीको ज्यान गएको छ । युरोपियन मुलुकहरुमा सबैभन्दा बढी ज्यान गुमाएको इटालीलाई यूकेले उछिनेको छ ।
प्रकाशित समय ०७:११ बजे

















