गृहपृष्ठ जातीय विभेदको आरोपमा महिला पक्राउ

जातीय विभेदको आरोपमा महिला पक्राउ

pakrau-arrest-newskarobar

जातीय विभेद गरेको आरोपमा प्रहरीले सोलुदूधकुण्ड नगरपालिका–११ तिङ्लाका ३१ वर्षीया संगीता राईलाई पक्राउ गरेको छ ।

सोही ठाउँका २८ वर्षीय मीनबहादुर नेपालीमाथि जातीय विभेद गरेको आरोपमा प्रहरीले उनलाई बुधबार पक्राउ गरी आवश्यक अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक महेन्द्र दर्नालले बताए ।

तिङ्लाको भदौरेमा हिँड्दै गरेको अवस्थामा गत शनिबार आफूमाथि जातीय विभेद गरेको भन्दै मीनबहादुरले प्रहरीमा जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा सङ्गीतालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । ‘सार्वजनिक बाटोमा मेरो अगाडि हिँड्छस्, तँ दमाई, भनेर ढुङ्गाले हिर्काउँदै लखेटेको’ मीनबहादुरको जाहेरीमा उल्लेख छ । नेपालको संविधान २०७३ को भाग ३ को धारा २४ मा छुवाछूत तथा भेदभावविरुद्धको हकबारे प्रष्ट उल्लेख गरिएको छ ।

दुधकोशीमा माछा मार्न गएका मृत

नदीमा माछा मार्न गएका एक युवक मृत अवस्थामा भेटिएका छन् । दूधकोशी नदीमा माछा मार्न गएका थुलुङदूधकोशी गाउँपालिका–८ देउसाका ३९ वर्षीय लक्ष्मण रार्ई दुई दिनपछि मृतावस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

सोमबार माछा मार्न भन्दै दूधकोशी गएका राईलाई माप्यदूधकोशी–७ र थुलुङदूधकोशी–८ जोड्ने कायघाटमा राखिएको ह्युमपाइपभित्र अड्किएको अवस्थमा बुधबार मृत भेटिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिए । उनका अनुसार राईको शव बुधबार नै कानूनी प्रक्रिया पूरा गरी आफन्तलाई जिम्मा लगाइएको छ । (रासस)

प्रकाशित समय ०८:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु