गृहपृष्ठ किराना पसलबाट चोरी भएका सामानसहित पक्राउ

किराना पसलबाट चोरी भएका सामानसहित पक्राउ

pakrau-arrest-newskarobar

बकैया गाउँपालिका-५ भनौरा बस्ने १९ वर्षीय दिपेश देउजालाई फुयाँल किराना पसल र सप्लायर्सबाट चोरी भएका विभिन्न सामान सहित बुधबार प्रहरीले पक्राउ गरेको छ ।

बकैया गाउँपालिका ४ जुरेली बस्ने होमनाथ फुयाँलको उक्त पसलबाट १२ लाख १० हजार ३ सय ४० रुपैयाँ मूल्य बराबरको रिचार्ज कार्ड, चुरोट, मदिरा, साबुन, मन्जन, स्याम्पु, नरिवल लगायतका सामानहरू बैशाख २६ गते चोरी भएको घटनाको अनुसन्धान गर्ने क्रममा प्रहरी चौकी हात्तिसुढे मकवानपुरबाट खटिएको प्रहरीले घटनामा संलग्न उनलाई चोरी भएका उक्त सामानहरु सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित समय १२:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु