गृहपृष्ठ नदीमा डुबेर दुई किशोरको ज्यान गयाे
नदीमा डुबेर दुई किशोरको ज्यान गयाे
सांकेतिक तस्बिर ।
कञ्चनपुरको बेदकोट नगरपालिका–१० चतहरीस्थित बल्मा नदीमा नुहाँउने क्रममा डुबेर बाजुरा घर भएका १९ वर्षीय तिलक रोकायाको बिहीबार बिहान मृत्यु भएको छ ।
नदीमा डुबेर गम्भीर घाइते भएका उनको उपचारको लागि महाकाली अस्पताल महेन्द्रनगरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
चितवन, भरतपुर महानगरपालिका–२८ स्थित नारायणी नदीमा पौडी खेल्ने क्रममा डुबेर सोही ठाउँ बस्ने १६ वर्षीय निशान कुमालको बिहीबार बिहान मृत्यु भएको छ । घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित समय १३:३३ बजे

















