गृहपृष्ठ रतुवा मृगको शिकार गरेको आरोपमा सात पक्राउ

रतुवा मृगको शिकार गरेको आरोपमा सात पक्राउ

pakrau-arrest-newskarobar

गोरखाको गण्डकी गाउँपालिका–८ सिउरेनीटारबाट मृगको शिकार गरेको आरोपमा सात जनालाई शुक्रबार पक्राउ गरिएको छ । पक्राउ पर्नेमा स्थानीयवासी मधु भुजेल, दुर्गाबहादुर भुजेल, खुमबहादुर माझी, डिबी सापकोटा, शिव रेग्मी, पूर्णबहादुर माझी र रोल्पा जिल्ला घर भइ सिउरेनीटार बस्दै आएका इन्द्रजित ओली रहेको डिभिजन वन कार्यालय गोरखाका प्रमुख तोयानाथ पौड्यालले जानकारी दिए ।

पक्राउ परेकाहरुले रतुवा मृग शिकार गरेको पाइएको उनले बताए । जंगललबाट मृगको शिकार गरी घरमा ल्याएर मासु काटेर भागभण्डा गरिरहेको अवस्थामा स्थानीयवासी खुमबहादुर माझीलाई गत आइतबार मासुसहित प्रहरीले पक्राउ गरी डिभिजन वन कार्यलाई बुझाएको थियो भने अन्य भागेका थिए ।

घटनामा संलग्नहरुको खोजी गर्दै जाँदा उनीहरु सबै पक्राउ परेको प्रमुख पौड्यालले बताए । ‘माझीलाई पक्राउ गरी अनुसन्धान गर्दै जाँदा घटनामा संलग्न थप छ जनाको पहिचान भएपछि उनीहरुलाई पनि पक्राउ गरिएको हो,’ उनले भने, ‘पक्राउ परेका सबै मृगको शिकार गर्न सहभागी भएको पाइएको छ ।’

पक्राउ परेकाहरु माथि वन ऐन अनुसारको वन्यजन्तु अवैध शिकार गरेको कसुरमा मुद्दा दर्ता गर्ने गरी अनुसन्धान अघि बढाइने प्रमुख पौड्यालले बताए । घटनास्थलबाट बरामद गरिएको मृगको मासु भने स्थानीय जनप्रतिनिधिको रहोवरमा डिभिजन वन कार्यालय परिसरमा गाडिएको उनले जानकारी दिए । (रासस)

प्रकाशित समय ०९:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु