गृहपृष्ठ विश्वभर ४७ लाख १६ हजारमा पुग्यो कोरोना, १८ लाखभन्दा बढी डिस्चार्ज

विश्वभर ४७ लाख १६ हजारमा पुग्यो कोरोना, १८ लाखभन्दा बढी डिस्चार्ज

अमेरिकामा संक्रमितको संख्या १५ लाख नाघ्यो, १६ हजार २४७ जनाको अवस्था ‘चिन्ताजनक’

विश्वभर कोरोना संक्रमित हुनेको संख्या ४७ लाख नाघेको छ । गएको २४ घण्टामा मात्रै ९५ हजार ५९१ जनामा नयाँ संक्रमित थपिएपछि कूल संक्रमितको संख्या ४७ लाख १६ हजार ८०८ पुगेको हो ।

आइतबार बिहानसम्म ज्यान गुमाउनेको संख्या पनि निकै बढेको छ । वर्ल्डोमिटरको तथ्यांकअनुसार अहिलेसम्म ज्यान गुमाउनेको संख्या तीन लाख १२ हजार नाघेको छ । गएको २४ घण्टामा मात्रै चार हजार २२६ जनाको ज्यान गएपछि मृत्यु हुनेको संख्या तीन लाख १२ हजार ३८० पुगेको बताइएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार अहिलेसम्म संक्रमितमध्ये १८ लाख ९ हजार ८३७ जना डिस्चार्ज भइसकेका छन् भने २५ लाख ९४ हजार ५९१ जनाको उपचार भइरहेको छ । त्योमध्ये पनि ४४ हजार ८२७ जनाको अवस्था चिन्ताजनक रहेको स्वास्थ्य संगठनले जनाएको छ ।

सबैभन्दा बढी प्रकोप फैलिएको अमेरिकामा संक्रमितको संख्या १५ लाख नाघेको छ । गएको २४ घण्टामा मात्रै २३ हजार ४१६ जनामा नयाँ संक्रमण देखिएपछि कूल संक्रमितको संख्या १५ लाख सात हजार ७०१ पुगेको हो । त्यस्तै अमेरिकामा ८९ हजार ५९१ जनाले ज्यान गुमाइसकेका छन् । एकै दिनमा एक हजार ८४ जनाले ज्यान गुमाएका हुन् ।

अमेरिकामा कूल संक्रमितमध्ये तीन लाख ३८ हजार ९७५ जना उपचारपछि घर फर्किएका छन् भने १० लाख ७९ हजार १३५ जना उपचाररत छन् । त्यस्तै १६ हजार २४७ जनाको अवस्था गम्भीर रहेको छ ।

प्रकाशित समय ०६:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु