गृहपृष्ठ दार्चुलाको घाँटीबगर ईलाकामा बाटो बनाउन फौज तैनाथ गर्दै नेपाली सेना
दार्चुलाको घाँटीबगर ईलाकामा बाटो बनाउन फौज तैनाथ गर्दै नेपाली सेना
दार्चुलाको टिंकर सडक योजना अन्र्तगत नेपाली सेनाले उत्तरीतर्फ गोरेटो/घोरेटो बाटो बनाउने भएको छ ।
सो सडक खण्ड अन्र्तगत पर्ने दार्चुला जिल्ला व्यास गाउँपालिका २ स्थित घाँटीबगर इलाकामा करिब २ मिटर चौडाईको ४५० मिटर बाटो बनाउन सुरु गरेको छ । बाटो निर्माणको लागि दक्ष प्राविधिक जनशक्ति र थप सुरक्षा तथा बन्दोबस्तीको निमित्त आवश्यक नर्फीको फौज उपकरण एवं अन्य सामाग्रीहरु सहितको टोली तैनाथ गर्ने योजना रहेको विज्ञप्तिमा जनाएको छ ।
चीन र भारतको सीमा नाकासमेत पर्ने दार्चुलाको व्यास नगरपालिका १ मा पर्ने छारुङ र टिंकर गाउँका करिब १८२ घर परिवारको करिब १२०० जना स्थानीयलाई जिल्ला सदरमुकाम खलङ्गा आवाजजावत गर्नका लागि मौरी भीरमा ठूलो चट्टान र घाँटीबगरमा पहिरो गएकोले समस्या भएको हुँदा बाटो खोल्न लागेको बताइको छ ।

प्रकाशित समय ०९:५३ बजे

















