गृहपृष्ठ विश्वभर करिब २६ लाख कोरोनाका बिरामी डिस्चार्ज, ५४ हजारको अवस्था ‘चिन्ताजनक’

विश्वभर करिब २६ लाख कोरोनाका बिरामी डिस्चार्ज, ५४ हजारको अवस्था ‘चिन्ताजनक’

एकै दिन थपिए एक लाख १६ हजार ३०४ जना नयाँ संक्रमित

सांकेतिक तस्बिर

विश्वभर कोरोना भाइरस संक्रमित भएका करिब २६ लाखको हाराहारीमा डिस्चार्ज भएका छन् । शुक्रबार बिहानसम्म कूल संक्रमितमध्ये २५ लाख ७९ हजार ६२९ जना कोरोना भाइरस जितेर घर फर्किएका हुन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार अहिलेसम्म ५९ लाखभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण भएको पुष्टि भइसकेको छ भने तीन लाख ६२ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् । यो समाचार तयार पार्दासम्म विश्वभर ५९ लाख चार हजार ६७३ जनामा अहिलेसम्म कोरोना संक्रमण देखा परेको छ भने तीन लाख ६२ हजार १० जनाको ज्यान गएको छ ।

वर्ल्डोमिटरको तथ्यांकअनुसार अहिलेसम्म कूल २५ लाख ७९ हजार ६२९ जनाको सफल उपचार भएको छ भने २९ लाख ६३ हजार ३४ जनाको उपचार भइरहेको छ । त्यस्तै उपचाररतमध्ये पनि ५३ हजार ९७५ जनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।

सबैभन्दा बढी फैलिएको अमेरिकामा कूल संक्रमितको संख्या १७ लाख ६८ हजार नाघेको भने एक लाख तीन हजार ३३० जनाले ज्यान गुमाइसकेका छन् । त्यस्तै करिब पाँच लाखको हाराहारीमा डिस्चार्ज भएका छन् । त्यस्तै ११ लाख ६६ हजार ४०६ जनाको उपचार भइरहेको छ ।

ब्राजिलमा कोरोना संक्रमितको संख्या चार लाख ३८ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार अहिलेसम्म २६ लाख ७६४ जनाले ज्यान गुमाएका छन् भने एक लाख ९३ हजारभन्दा बढीको सफल उपचार भइसकेको छ ।

प्रकाशित समय ०८:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु