गृहपृष्ठ नेपालमा थप २२६ जनामा कोरोना संक्रमण पुष्टि
नेपालमा थप २२६ जनामा कोरोना संक्रमण पुष्टि
नेपालमा कोरोना भाइरस संक्रमितको संख्या एक हजार ७९८ जनामा कोरोना संक्रमण देखिएको छ । एकै दिनमा २२६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएपछि कोरोना संक्रमितको संख्या एक हजार ७९८ पुगेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सोमबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएअनुसार थपिएका संक्रमितमा २१३ जना पुरुष र १३ जना महिला रहेका छन् । हालसम्म ५९ जिल्लामा कोरोना संक्रमण फैलिइसकेको मन्त्रालयले जनाएको छ ।
प्रकाशित समय १६:४६ बजे

















