गृहपृष्ठ बुढानीलकण्ठ दैनिक चार घण्टा खुल्यो
बुढानीलकण्ठ दैनिक चार घण्टा खुल्यो
घरबन्दीका कारण दैनिक जनजीवन कष्टप्रद बन्दै गएपछि उपत्यकाभित्रको बुढानीलकण्ठ नगरपालिकाभित्रका व्यावसायिक गतिविध दैनिक ४ घण्टा खोल्ने निर्णय गरिएको छ ।
नगरस्तरीय विपद व्यवस्थापन समितिको बैठकले दैनिक जीवनमा अत्यावश्यक वस्तुहरूको ओसारपसार सहज बनाउनेदेखि अत्यावश्यक बाहेकका कपडा, फेन्सी, विद्युतीय सामग्री, स्टेसनरीसहितका पसलसमेत बिहान १० बजेसम्म खोल्न दिने निर्णय गरेको हो ।
यस्तै, विकास निर्माणका सामग्रीहरूको खरिद-बिक्री सामाजिक दूरी कायम गरी खुल्ला गर्ने, नगरभित्र काम गर्ने कामदार, मर्मतसम्भार कार्यकर्ता, मिस्त्रीलाई साइकल, मोटरसाइकलमा हिड्न दिनेसम्मको निर्णय गरिएको छ ।
यद्यपि, ब्युटिपार्लर, कपाल काट्ने, होटल, रेष्टुँरा, जिमखाना, क्बल आदि खोल्न नपाइने, मन्दिर, चर्च, मस्जिद, मेला, भोज, पार्टी, जात्रा गर्न नपाइने समेत निर्णय गरिएको छ ।
प्रकाशित समय ०९:५१ बजे

















