गृहपृष्ठ लुकाई राखेको औषधि र मास्क बरामद

लुकाई राखेको औषधि र मास्क बरामद

विराटनगर महानगरपालिका- १६ बस्ने सिता तामाङको घरमा लुकाईछिपाई राखेको करिब ८ लाख २८ हजार ९ सय ९५ मूल्य बराबरको विभिन्न किसिमको औषधि र मास्क मंगलबार दिउँसो प्रहरीले बरामद गरेको छ ।

तामाङको घरमा औषधि र मास्क लुकाई राखेको भन्ने सूचनाको आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यलय विराटनगर र ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले तलासी गर्दा उक्त मूल्य बराबरको औषधि र मास्क फेला पारेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय १२:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु