गृहपृष्ठ सुदूरपश्चिममा थप ६ जनामा कोरोना पुष्टि
सुदूरपश्चिममा थप ६ जनामा कोरोना पुष्टि
सुदूरपश्चिममा आज थप ६ जनामा कोरोना पुष्टि भएको छ ।
धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा थप ६ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले बताए । आज डडेल्धुराका ५ र कैलालीका एक जनामा कोरोना पुष्टि भएको हो । योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या ९२ पुगेको छ ।
सुदूरपश्चिमका ९२ जना संक्रमित मध्ये ८९ जना प्रदेशभित्रै रहेका छन् भने एक जना संक्रमितको मृत्यु भईसकेको छ । एक जना बझाङ र एक जना बाजुराका संक्रमितको भने कर्णाली प्रदेशमा उपचार भइरहेको छ ।संक्रमितमध्ये ७ जना प्रदेशभित्रका विभिन्न अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।
प्रकाशित समय १२:०८ बजे

















