गृहपृष्ठ विश्वभर ३६ लाखभन्दा बढी कोरोना संक्रमितको सफल उपचार

विश्वभर ३६ लाखभन्दा बढी कोरोना संक्रमितको सफल उपचार

७३ लाख १७ हजार व्यक्तिमा संक्रमण, चार लाख १३ हजारभन्दा बढीको मृत्यु

विश्वभर कोरोना भाइरस संक्रमित ३६ लाखभन्दा बढी व्यक्तिको सफल उपचार भएको छ । गएको २४ घण्टामा मात्रै तीन हजारभन्दा बढी व्यक्तिलाई अस्पतालले डिस्चार्ज गरेपछि सञ्चो हुनेको संख्या ३६ लाख दुई हजार ५०२ पुगेको हो ।

विश्व स्वास्थ्य संगठनका अनुसार अहिलेसम्म विश्वभर ७४ लाखभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । एकै दिनमा एक लाख २५ हजारभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण देखिएपछि संक्रमितको संख्या ७३ लाख १६ हजार ९४४ पुगेको हो ।

संक्रमितमध्ये चार लाख १३ हजार ६२७ जनाको ज्यान गएको छ भने ३३ लाख ८१५ जनाको उपचार भइरहेको छ । त्यस्तै ५४ हजारभन्दा बढी व्यक्तिको स्वास्थ्य अवस्था गम्भीर रहेको बताइएको छ । सबैभन्दा बढी संक्रमित अमेरिकामा २० लाख ४५ हजारभन्दा बढी व्यक्तिमा भाइरस संक्रमण भएको छ भने एक लाख १४ हजारभन्दा बढीको ज्यान गएको छ । त्यस्तै ब्राजिलमा सात लाख ४२ हजारभन्दा बढीमा कोरोना देखिएको छ भने ३८ हजार ४९७ जनाको ज्यान गएको छ ।

वर्ल्डोमिटरका अनुसार सबैभन्दा कढी संक्रमित भएको तेस्रो मुलुकको रुपमा रसिया देखिएको छ । रसियामा ६ हजार १४२ जनाको ज्यान गएको छ भने दुई लाख ४२ हजारभन्दा बढी व्यक्तिको सफल उपचार भएको स्वास्थ्य संगठनले जनाएको छ । अहिलेसम्म विश्वका २१५ देशमा कोरोना भाइरस संक्रमण देखिएको छ ।

प्रकाशित समय ०७:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु