गृहपृष्ठ विश्वभर ३९ लाख ५६ हजारले जिते कोरोना भाइरस
विश्वभर ३९ लाख ५६ हजारले जिते कोरोना भाइरस
ज्यान गुमाउनेको संख्या चार लाख नाघ्यो, ७७ लाख ३२ हजार ४८५ जना संक्रमित
सांकेतिक तस्बिर
विश्वभर ३९ लाख ५६ हजारभन्दा बढीले कोरोना भाइरस जितेको छ । एककै दिनमा हजारौं जनाले भाइरस जितेपछि डिस्चार्ज हुनेको संख्या ३९ लाख ५६ हजार २७२ पुगेको हो ।
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर ७७ लाखभन्दा बढी व्यक्तिमा कोरोना भाइरस देखा परेको छ । एकै दिन झण्डै डेढ लाख व्यक्तिमा भाइरस संक्रमण देखिएपछि संक्रमितको संख्या ७७ लाख ३२ हजार ४८५ पुगेको छ ।
त्यस्तै विश्वभर ज्यान गुमाउनेको संख्या पनि चार लाख २८ हजार नाघेको छ । एकै दिनमा चार हजारभन्दा बढी व्यक्तिको ज्यान गएपछि मृत्यु हुनेको संख्या चार लाख २८ हजार २३६ पुगेको छ । त्यस्तै ३९ लाख ५६ हजार २७२ जनाको सफल उपचार भएको छ भने ३३ लाख ४७ हजार ९७७ जनाको उपचार भइरहेको छ ।
वर्ल्डोमिटरको तथ्यांकअनुसार सबैभन्दा बढी प्रकोप फैलिएको अमेरिकामा संक्रमितको संख्या २१ लाख नाघेको छ भने एक लाख १६ हजारभन्दा बढी व्यक्तिको ज्यान गएको छ । त्यस्तै आठ लाखभन्दा बढीको सफल उपचार भएको छ भने ११ लाखभन्दा बढीको उपचार भइरहेको छ ।
प्रकाशित समय ०८:४३ बजे

















