गृहपृष्ठ कोरोना संक्रमितको संख्या ८० लाख नजिक, ४० लाखभन्दा बढी डिस्चार्ज

कोरोना संक्रमितको संख्या ८० लाख नजिक, ४० लाखभन्दा बढी डिस्चार्ज

एकै दिनमा थपिए एक लाख ३३ हजार संक्रमित, चार लाख ३२,२०० को मृत्यु

विश्वभर कोरोना संक्रमितको संख्या ८० लाख नजीक पुगेको छ । गएको २४ घण्टामै एक लाख ३३ हजारभन्दा बढी संक्रमित थपिएपछि विश्वभर संक्रमितको संख्या ७८ लाख ६० हजार ७३० पुगेको हो ।

विश्व स्वास्थ्य संगठनका अनुसार अहिले विश्वभर ज्यान गुमाउनेको संख्या चार लाख ३२ हजार नाघेको छ । गएको २४ घण्टामा मात्रै करिब ४५ सय जनाले ज्यान गुमाएपछि मृत्यु हुनेको संख्या चार लाख ३२ हजार २०० पुगेको हो । त्यस्तै संक्रमितमध्ये ४० लाख ३५ हजार ७८७ जना उपचारपछि घर फर्किएका छन् भने ३३ लाख ९२ हजार ७४३ को उपचार भइरहेको छ । उपचार भइरहेकामध्ये पनि ५४ हजार ८२ जनाको अवस्था चिन्ताजनक रहेको वर्ल्डोमिटरको तथ्यांकले देखाएको छ ।

सबैभन्दा बढी प्रकोप फैलिएको अमेरिकामा संक्रमितको संख्या २१ लाख नाघेको छ । एकै दिनमा २५ हजारभन्दा बढी संक्रमित थपिएपछि कूल संक्रमितको संख्या २१ लाख ४२ हजार २२४ जनामा संक्रमण देखिएको हो । त्यस्तै ज्यान गुमाउनेको संख्या एक लाख १७ हजार ५२७ पुगेको छ ।
संक्रमितमध्ये अमेरिकामा आठ लाख ५४ हजारभन्दा बढी व्यक्ति उपचारपछि घर फर्किएका छन् । त्यस्तै ११ लाख ७० हजारभन्दा बढीको उपचार भइरहेको छ । त्यसमा पनि १६ हजार ७४४ जनाको अवस्था गम्भीर रहेको त्यहाँको स्वास्थ्य विभागले जनाएको छ ।

अमेरिकापछिकै दोस्रो बढी प्रकोप फैलिएको ब्राजिलमा संक्रमितको संख्या आठ लाख ५० हजार नाघेको संक्रमितको संख्या आठ लाख ५० हजार नाघेको छ भने ४२ हजारभन्दा बढीले ज्यान गुमाएका छन् । त्यस्तै चार लाख ३७ हजारभन्दा बढीको सफल उपचार भएको छ भने तीन लाख ७० हजारको उपचार भइरहेको छ ।

प्रकाशित समय ०८:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु