गृहपृष्ठ विश्वभर ८४ लाख व्यक्तिमा पुग्यो कोरोना, एकै दिनमा थपिए एक लाख ४८ हजार संक्रमित

विश्वभर ८४ लाख व्यक्तिमा पुग्यो कोरोना, एकै दिनमा थपिए एक लाख ४८ हजार संक्रमित

ज्यान गुमाउनेको संख्या चार लाख ५१ हजार नाघ्यो, ३५ लाख ३३ हजारको उपचार हुँदै

विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ८४ लाख नाघेको छ । गएको २४ घण्टामा मात्रै एक लाख ४८ हजारभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण भएपछि कुल संक्रमितको संख्या ८४ लाख १२९ पुगेको हो ।

विश्व स्वास्थ्य संगठनका अनुसार भाइरसका कारण विश्वभर ज्यान गुमाउनेको संख्या पनि चार लाख ५१ हजार नाघेको छ । एकै दिनमा ६ हजारभन्दा बढी व्यक्तिको ज्यान गएपछि मृतकको संख्या चार लाख ५१ हजार २६३ पुगेको हो । त्यस्तै कुल संक्रमितमध्ये ४४ लाखभन्दा बढी व्यक्तिको सफल उपचार भएको छ ।

वर्ल्डोमिटरको तथ्यांकअनुसार अहिलेसम्म ४४ लाख १४ हजार ९९१ जना संक्रमित डिस्चार्ज भएका छन् भने ३५ लाख ३३ हजार ८७५ जनाको उपचार भइहरेको छ । उपचार भइरहेकामध्ये पनि ५४ हजार ४५२ जनाको अवस्था चिन्ताजनक रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

सबैभन्दा बढी प्रकोप फैलिएको अमेरिकामा संक्रमितको संख्या २२ लाख ३४ हजार नाघेको छ भने ज्यान गुमाउनेको संख्या एक लाख १९ हजार ९४१ पुगेको छ । त्यस्तै ९ लाख १८ हजार ७९६ जनाको सफल उपचार भएको छ । त्यस्तै करिब १२ लाख व्यक्तिको सफल उपचार भएको छ ।

त्यस्तै ब्राजिलमा ९ लाख ६० हजार व्यक्तिमा भाइरस देखिएको छ भने ४६ हजारभन्दा बढीको ज्यान गएको छ । रसियामा पनि ५ लाख ५३ हजारभन्दा बढी व्यक्तिमा भाइरस देखिएको छ भने सात हजार ४७८ पुगेको छ ।

सबैभन्दा बढी प्रकोप फैलिएको चौथो देशको रुपमा भारत देखिएको छ । भारतमा संक्रमितको संख्या तीन लाख ६७ हजार नाघेको छ भने १२ हजार २६२ जनाको ज्यान गएको छ । संक्रमितमध्ये भारतमा एक लाख ९४ हजारभन्दा बढी व्यक्तिको सफल उपचार भएको छ । त्यस्तै एक लाख ६० हजारभन्दा बढी व्यक्तिको उपचार भइरहेको छ ।

प्रकाशित समय ०८:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु