गृहपृष्ठ सुनको गहना ‘लुटपाट गर्ने र लुटेको गहना किन्ने’ पक्राउ

सुनको गहना ‘लुटपाट गर्ने र लुटेको गहना किन्ने’ पक्राउ

arrest_पक्राउ_news karobar

सुनको मुन्द्री लुटपाट तथा उक्त लुटेको सुनको मुन्द्री किनेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बझाङ बित्थड चिर गाउँपालिका-७ सुवाकोट बस्ने २७ वर्षीय बिर्ख लुहार र सिगास गाउँपालिका- ७ बस्ने प्रकाश सिहं बोहरा रहेका छन् । पक्राउमध्ये लुहार मुन्द्री लुटपाट गर्ने तथा बोहरा लुहारले लुटेको मुन्द्री किनेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ ।

सिगास गाउँपालिका- ७, अगुराली बस्ने ४४ वर्षीया महिला गत आइतबार घरनजिकै जंगलमा घाँस काट्न गएको अवस्थामा उनले कानमा लगाएको १ तोला बराबरको सुनको मुन्द्री लुटपाट भएको घटनाको अनुसन्धानको क्रममा लुटपाटमा संलग्न लुहारलाई सिगास गाउँपालिका- ७ पुनर डुङरी भन्ने स्थानबाट प्रहरीले पक्राउ गरेको हो ।

घटनाको थप अनुसन्धान गर्ने क्रममा लुहारले उक्त मुन्द्री बोहरालाई बेचेको खुल्न आएपश्चात बोहरालाई समेत सिगास गाउँपालिका-८ लेकबाट प्रहरीले पक्राउ गरेको हो । साथै बोहराको घरभित्र लुकाई राखेको अवस्थामा सुन जस्तो देखिने पहेंलो रङको २ थान मुन्द्री समेत प्रहरीले बरामद गरेको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय पाटन बैतडीले जनाएको छ ।

प्रकाशित समय १३:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु