गृहपृष्ठ गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना, ३४८ पुगे संक्रमित

गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना, ३४८ पुगे संक्रमित

गण्डकी प्रदेश शुक्रबार थप २४ जनामा कोरोना संक्रमण देखिएको छ । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको सख्या ३४८ पुगेको छ । प्रदेशको नवलपुरमा २, कास्कीमा ६, स्याङजा २ र बागलुङमा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

बागलुङको गल्कोट नगरपालिकामा ६ पुरुष र दुई महिला, काठेखोला गाउँपालिकामा ६ जनामा कोरोना पुष्टि भएको शर्माले जानकारी दिए । उनीहरु १९ देखि ४२ वर्ष उमेर समूहका रहेका छन् । त्यस्तै कास्कीको पोखरा महानगरपालिकामा ३ जना पुरुष, दुई जना महिला र रुपा गाउँपालिकाको एक पुरुषमा कोरोना भाइरस देखिएको छ । उनीहरु वर्ष १९ देखि ५६ उमेर समुहका रहेका छन् । त्यसै गरी स्याङजाको कालिगण्डकी गाउँपालिकाका ३६ वर्षीय पुरुष र पालिका नखुलेका ६३ वर्षीय पुरुषमा कोरोना देखिएको गण्डकी स्वस्थ्य निर्देशनालयले जनाएको छ ।

त्यसैगरी नवलपुरको विनयत्रिवेणी गाउँपालिकामा दुई जना वर्ष २० र २८ का पुरुषमा कोरोना देखिएको छ । योसँगै नवलपुरमा कोरोना संक्रमित ९९ जना पुगेका छन् । उनीहरु सबैलाई नजिकको आइसोलेजनमा लैजाने तयारी भएको डा शर्माले बताए । गण्डकी प्रदेशमा हालसम्म ३२ जना निको भएर घर फर्किएका छन् भने १ जनाको मृत्यु भएको छ ।

प्रकाशित समय ०८:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु