गृहपृष्ठ विश्वभर ४५ लाख ३० हजार कोरोना संक्रमित ‘डिस्चार्ज’

विश्वभर ४५ लाख ३० हजार कोरोना संक्रमित ‘डिस्चार्ज’

संक्रमितको संख्या ८५ लाख ७८ हजार नाघ्यो, ३५ लाख ९१ हजारको उपचार हुँदै

सांकेतिक तस्बिर

विश्वभर ४५ लाख ३० हजारभन्दा बढी कोरोना संक्रमित डिस्चार्ज भएका छन् । गएको २४ घण्टामा मात्रै २० हजारभन्दा बढी संक्रमित डिस्चार्ज भएपछि निको हुनेको संख्या ४५ लाख ३० हजार २६१ पुगेको हो ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर ८५ लाख ७८ हजारभन्दा बढी व्यक्तिमा संक्रमण देखिएको छ । गएको २४ घण्टामै एक लाख ४७ हजारभन्दा बढी संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ८५ लाख ७८ हजार ८५ जनामा संक्रमण देखिएको छ ।

वर्ल्डोमिटरको तथ्यांकअनुसार कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या पनि चार लाख ५६ हजार नाघेको छ । एकै दिनमा ६ हजारको हाराहारीमा संक्रमित थपिएपछि ज्यान गुमाउनेको संख्या चार लाख ५६ हजार २८४ पुगेको छ । त्यस्तै ३५ लाख ९१ हजार ५०७ जनाको उपचार भएको छ भने ५४ हजारभन्दा बढीको अवस्था चिन्ताजनक रहेको छ ।

सबैभन्दा बढी प्रकोप फैलिएको अमेरिकामा संक्रमितको संख्या २२ लाख ६४ हजार नजिक पुगेको छ भने ज्यान गुमाउनेको संख्या एक लाख २० हजार ६८८ पुगेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार ९ लाख ३० हजारभन्दा बढी व्यक्तिको सफल उपचार भएको छ ।

ब्राजिलमा कोरोना भाइरस संक्रमितको संख्या ९ लाख ८३ हजार ३५९ पुगेको छ भने ४७ हजार ८६९ जनाले ज्यान गुमाएका छन् । ब्राजिलमा अहिलेसम्म पाँच लाख २० हजार ३६० जनाको सफल उपचार भएको छ । त्यस्तै चार लाख १५ हजारभन्दा बढीको उपचार भइरहेको छ ।

प्रकाशित समय ०९:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु