गृहपृष्ठ अवैध लागूऔषधसहित वीरगन्जमा दुई जना पक्राउ

अवैध लागूऔषधसहित वीरगन्जमा दुई जना पक्राउ

pakrau-arrest-newskarobar

पर्साको वीरगंज महानगरपालिका १५ स्थितबाट नियन्त्रित लागूऔषध नुर्फिन ४ सय १७ पिस, डाईजेपाम ४ सय १७ पिस र फेनारगन ४ सय १७ पिस सहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २३ वर्षीय अयस कुमार सिँह र १९ वर्षीय अरुण कुमार सिँह रहेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

त्यस्तै सर्लाहीको लालबन्दी नगरपालिका ६ स्थित सडकबाट अवैध लागूऔषध १५ केजी गाँजा फेला पारेको छ । बिहीबार राति सोही ठाउँमा इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको गस्ती टोलीलाई देख्नासाथ हाल नम्बर नखुलेको मोटरसाइकलमा सवार अपरिचित व्यक्तिले प्लाष्टिकको बोरा फाली जंगलतर्फ भागे पश्चात बोरा तलासी गर्दा उक्त परिमाणको लागू फेला पारी प्रहरीले बरामद गरेको प्रहरीले जनाएको छ ।

हाल फरार रहेको मोटरसाइकल र मोटरसाइकलमा सवार व्यक्तिहरुको प्रहरीले खोजी गरिरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय १३:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु