गृहपृष्ठ गण्डकी प्रदेशमा थप ५८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४३८ पुग्यो

गण्डकी प्रदेशमा थप ५८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४३८ पुग्यो

गण्डकी प्रदेशमा शनिबार थप ५८ जनामा कोरोना संक्रमण देखिएको छ । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको सख्या ४ सय ३८ पुगेको छ ।

प्रदेशको तनहुँमा २५, नवलपुरमा १५, गोरखामा ५, मेग्दिमा १, कास्कीमा २ र बागलुङमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा विनोद विन्दु शर्माले जानकारी दिए ।

उनीहरु सबैजना सम्बन्धित पालिकाको क्वारेन्टाइनमा रहेको गण्डकी स्वस्थ्य निर्देशनालयले जनाएको छ । संक्रमित सबैलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको निर्देशक शर्माले जानकारी दिए । गण्डकी प्रदेशमा हालसम्म ३२ जना निको भएर घर फर्किएका छन् भने १ जनाको मृत्यु भएको छ ।

प्रकाशित समय ०७:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु