गृहपृष्ठ ब्राजिलमा एकै दिन थपिए ५५ हजार कोरोनाका बिरामी, संक्रमितको संख्या १० लाख नाघ्यो
ब्राजिलमा एकै दिन थपिए ५५ हजार कोरोनाका बिरामी, संक्रमितको संख्या १० लाख नाघ्यो
ब्राजिलमा अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित थपिएका छन् । गएको २४ घण्टामा मात्रै ५५ हजार २०९ थपिएपछि संक्रमितको संख्या १० लाख ३८ हजार ५६८ पुगेको हो ।
विश्व स्वास्थ्य संगठनका अनुसार ब्राजिलमा अहिलेसम्म ४९ हजार ९० जनाले ज्यान गुमाएका छन् । गएको २४ घण्टामा मात्रै एक हजार २२१ जनाको मृत्यु भएको छ । त्यस्तै पाँच लाख २० हजार ३६० जना उपचारपछि घर फर्किएका छन् भने ४ लाख ६९ हजार ११८ जनाको उपचार भइरहेको छ ।
उपचार भइरहेकामध्ये पनि आठ हजार तीन सय १८ जनाको अवस्था चिन्ताजनक रहेको वर्ल्डोमिटरको तथ्यांकले देखाएको छ ।
प्रकाशित समय १०:०३ बजे

















