गृहपृष्ठ विश्वभर कोरोना संक्रमितको संख्या ९० लाख नजिक, ४७ लाख ३३ हजार डिस्चार्ज
विश्वभर कोरोना संक्रमितको संख्या ९० लाख नजिक, ४७ लाख ३३ हजार डिस्चार्ज
एकै दिन थपिए एक लाख ६१ हजारभन्दा बढी संक्रमित, मृतकको संख्या ४ लाख ६६ हजार नाघ्यो
विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ९० लाख नजिक पुगेको छ । गएको २४ घण्टामा मात्रै एक लाख ६१ हजारभन्दा बढी संक्रमण देखिएपछि संक्रमितको संख्या ८९ लाख १३ हजार ५२४ पुगेको हो ।
विश्व स्वास्थ्य संगठनका अनुसार ज्यान गुमाउनेको संख्या पनि चार लाख ६६ हजार नाघेको छ । गएको २४ घण्टामै पाँच हजारको ज्यान गएपछि मृतकको संख्या चार लाख ६६ हजार ६८४ पुगेको हो । त्यस्तै संक्रमितमध्ये ४७ लाख ३७ हजार ९५१ जना उपचारपछि घर फर्किएका छन् भने ३७ लाखभन्दा बढी संक्रमितको उपचार भइरहेको छ ।
सबैभन्दा बढी प्रकोप फैलिएको अमेरिकामा एक लाख २१ हजार ९८० जनाले ज्यान गुमाएका छन् भने २३ लाख ३० हजार ५७८ जनामा संक्रमण देखिएको छ । त्यस्तै ९ लाख ७२ हजार ९४१ जना उपचारपछि घर फर्किएका छन् भने १२ लाख ३५ हजार ६५७ जनाको उपचार भएको छ ।
अमेरिका पछिकै सबैभन्दा बढी प्रकोप फैलिएको ब्राजिलमा १० लाख ७० हजारभन्दा बढी व्यक्तिमा भाइरस देखिएको छ भने ५० हजारभन्दा बढीले ज्यान गुमाएका छन् । ब्राजिलमा अहिलेसम्म पाँच लाख ४३ हजार १८६ जना डिस्चार्ज भएका छन् भने चार लाख ७६ हजारको उपचार भइरहेको छ ।
त्यस्तै रसियामा पनि कोरोना भाइरस संक्रमितको संख्या पाँच लाख ७६ हजार ९५२ पुगेको छ भने आठ हजारले ज्यान गुमाएका छन् । त्यस्तै तीन लाख ३४ हजारको डिस्चार्ज भएका छन् भने दुई लाख ३४ हजारको उपचार भइरहेको छ ।
प्रकाशित समय ०८:०९ बजे

















