गृहपृष्ठ विश्वभर कोरोना संक्रमितको संख्या एक करोड ८१ हजार नाघ्यो, पाँच लाखभन्दा बढीको मृत्यु

विश्वभर कोरोना संक्रमितको संख्या एक करोड ८१ हजार नाघ्यो, पाँच लाखभन्दा बढीको मृत्यु

एकै दिनमा थपिए एक लाख ८४ हजारभन्दा बढी संक्रमित, ५४ लाख ५८ हजार डिस्चार्ज

विश्वभर कोरोना संक्रमितको संख्या एक करोड ८१ हजार नाघेको छ । गएको २४ घण्टामा मात्रै एक लाख ८२ हजारभन्दा बढी संक्रमित थपिएपछि कोरोना संक्रमितको संख्या एक करोड ८१ हजार ५२२ पुगेको हो ।

विश्व स्वास्थ्य संगठनका अनुसार ज्यान गुमाउनेको संख्या पनि पाँच लाख नाघेको छ । गएको २४ घण्टामा मात्रै पाँच हजारभन्दा बढीको ज्यान गएपछि मृत्यु हुनेको संख्या पनि पाँच लाख एक हजार २९८ पुगेको हो । त्यस्तै ५४ लाख ५८ हजार ३६७ जना उपचारपछि घर फर्किएका छन् भने ४१ हजार २१ हजारभन्दा बढीको उपचार भइरहेको छ । त्यस्तै उपचाररतमध्ये पनि ५७ हजार ७४८ जनाको अवस्था गम्भीर देखिएको छ । उनीहरुको आइसोलेसनमा उपचार भइरहेको स्वास्थ्य संगठनले जनाएको छ ।

सबैभन्दा बढी प्रकोप फैलिएको अमेरिकामा कोरोना संक्रमितको संख्या २५ लाख ९६ हजार ५३७ पुगेको छ । गएको २४ घण्टामा मात्रै अमेरिकामा ४३ हजारभन्दा बढी थपिएका छन् भने अहिलेसम्म एक लाख २८ हजारभन्दा बढीले ज्यान गुमाएका छन् । त्यस्तै १० लाख ८१ हजारभन्दा बढी संक्रमित उपचारपछि घर फर्किएका छन् । त्यस्तै १३ लाखभन्दा बढीको उपचार भइरहेको छ ।

अमेरिकापछि ब्राजिलमा कोरोना संक्रमितको संख्या १३ लाख १५ हजार नाघेको छ भने ५७ हजार १०३ जनाले ज्यान गुमाएका छन् । गएको २४ घण्टामा मात्रै ब्राजिलमा ९९४ जनाले ज्यान गुमाएका छन् । त्यस्तै अहिलेसम्म सात लाख १५ हजार ९०५ जनाको सफल उपचार भएको छ भने पाँच लाख ४२ हजार ९३३ जनाको उपचार भइरहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

प्रकाशित समय ०८:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु