गृहपृष्ठ दुई लाख २८ हजार व्यक्तिको परीक्षण गर्दा साढे १३ हजारमा देखियो कोरोना, कुन जिल्लामा कति ?

दुई लाख २८ हजार व्यक्तिको परीक्षण गर्दा साढे १३ हजारमा देखियो कोरोना, कुन जिल्लामा कति ?

कुल संक्रमितमध्ये तीन हजार १९४ जना उपचारपछि घर फर्किए

नेपालमा दुई लाख २८ हजारभन्दा बढी व्यक्तिमा कोरोना परीक्षण गर्दा साढे १३ हजार जनामा कोरोना देखिएको छ । बुधबार बिहानसम्म नेपालमा संक्रमितको संख्या १३ हजार ५६४ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गएको २४ घण्टामा मात्रै तीन सयभन्दा बढी संक्रमित थपिएका थिए । संक्रमितमध्ये तीन हजार १९४ जना उपचारपछि घर फर्किएका छन् । त्यस्तै २९ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

नेपालमा सबैभन्दा बढी संक्रमित रौतहटमा देखिएका छन् । बुधबार बिहानसम्म रौतहटमा एक हजार ३६८ जनामा संक्रमण देखिएको छ भने २४३ जनाको उपचार भएको छ । त्यस्तै दैलेखमा ७७९ जनामा संक्रमण देखिएको छ भने तीन सय जना डिस्चार्ज भएका छन् ।

प्रकाशित समय ०९:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु