गृहपृष्ठ बारामा चट्याङ लागेर रोपाँई गरिहरहेका दुईसहित चार महिलाको मृत्यु
बारामा चट्याङ लागेर रोपाँई गरिहरहेका दुईसहित चार महिलाको मृत्यु
बारामा रोपाँई गरिरहेका दुई महिलासहित ४ जनाको चट्याङ लागेर मृत्यु भएको छ । बिहीबार बिहान वर्षासँगै परेको चट्याङ लागेर बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १२ शीतलपुर र फेटा गाँउपालिका वडा नम्बर १ मा गरी ४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
चट्याङ लागेर मृत्यु हुनेमा शीतलपुरस्थित खेतमा रोपाइँ गरिरहेकी ३५ वर्षीया आशादेवी महतो, ४५ वर्षीया हलिमा खातुन र फेटा गाँउमा एउटा घरमा चट्याङ लाग्दा एकै परिवारका ३० वर्षीया ईन्दुदेवी महतो र ४० वर्षीया सुनारपति देवी महतोको घटानस्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
चटाङ लागेर घाइते भएका फेँटाका ५ जनालाई कलैया अस्पताल लगिएको छ ।
प्रकाशित समय १०:२६ बजे

















