गृहपृष्ठ नेपालमा कुन जिल्लामा कति पुगे कोरोना संक्रमित ?

नेपालमा कुन जिल्लामा कति पुगे कोरोना संक्रमित ?

नौ हजार १६८ जनाको उपचार हुँदै, सबैभन्दा बढी दैलेखमा डिस्चार्ज

नेपालमा कोरोना संक्रमितको संख्या १४ हजार ५११ पुगेको छ । गएको २४ घण्टामा मात्रै ४७३ जनामा संक्रमण देखिएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म ३१ जनाको ज्यान गएको छ भने पाँच हजार ३२० जना उपचारपछि घर फर्किएका छन् भने ९ हजार १६८ जनाको उपचार भइहरेको छ ।
अहिलेसम्म दुई लाख ३७ हजार ७६४ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले छ । अहिलेसम्म सबैभन्दा बढी रौतहटमा संक्रमण देखिएको छ भने सबैभन्दा बढी डिस्चार्ज हुने दैलेखमा देखिएका छन् ।

रौतहटमा एक हजार ३६८ जनामा संक्रमण देखिएको छ भने २४३ डिस्चार्ज भएका छन् । त्यस्तै दैलेखमा ७८१ जनामा संक्रमण देखिएको छ भने तीन सय जना उपचारपछि घर फर्किएका छन् ।

प्रकाशित समय ०९:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु