गृहपृष्ठ भारतमा एकै दिन थपिए २२ हजार कोरोनाका बिरामी, संक्रमितको संख्या ६ लाख २५ हजार नाघ्यो

भारतमा एकै दिन थपिए २२ हजार कोरोनाका बिरामी, संक्रमितको संख्या ६ लाख २५ हजार नाघ्यो

भारतमा कोरोना संक्रमितको संख्या ६ लाख २५ हजार नाघेको छ । गएको २४ घण्टामै २१ हजार ९४८ जनामा संक्रमण देखिएपछि कुल संक्रमितको संख्या ६ लाख २५ हजार ५४४ पुगेको हो ।

विश्व स्वास्थ्य संगठनका अनुसार भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या पनि १८ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा मात्र भाइरसका कारण ३७७ जनाको ज्यान गएको हो । भारतको स्वास्थ्य मन्त्रलायका अनुसार सबैभन्दा बढी संक्रमित महाराष्ट्र राज्यमा देखिएका छन् । महाराष्ट्रमा अहिलेसम्म आठ हजार १७८ जनाको मृत्यु भइसकेका छ भने एक लाख ८६ हजार ६२६ संक्रमित देखिएका छन् ।

भारतमै महाराष्ट्रपछि कै बढी संक्रमण फैलिएको क्षेत्र हो तामिल नाडु । तामिल नाडुमा एक हजार २१ जनाको ज्यान गएको छ भने ९८ हजार ३९२ संक्रमित छन् । त्यस्तै भारतका विभिन्न क्षेत्रमा संक्रमितहरु थपिदै गएका छन् ।

अहिलेसम्म १८ हजार २२५ जनाले ज्यान गुमाइसकेका छन् भने ३ लाख ७९ हजार जना ९०२ जना निको भएर घर फर्किसकेका छन् भने दुई लाख २९ हजार ४१ जनाको उपचार भइरहेको छ ।

प्रकाशित समय १३:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु