गृहपृष्ठ कोरोना संक्रमणमा तेस्रो नम्बरमा पुग्यो भारत

कोरोना संक्रमणमा तेस्रो नम्बरमा पुग्यो भारत

कोरोना संक्रमणमा भारत तेस्रो नंमा देखिएको छ । अमेरिका र ब्राजिलपछिकै तेस्रो नं मा भारत देखिएको छ । भारतमा अहिलेसम्म संक्रमितको संख्या सात लाख नजिक पुगेको छ । गएको २४ घण्टामै भारतमा २३ हजार ९३२ जनामा संक्रमण देखिएपछि कुल संक्रमितको संख्या ६ लाख ९७ हजार ८३६ पुगेको छ ।

त्यस्तै अहिलेसम्म भारतमा ज्यान गुमाउनेको संख्या १९ हजार सात सय पुगेको छ । गएको २४ घण्टामा मात्रै ४२१ जनाको ज्यान गएको छ । त्यस्तै अहिलेसम्म चार लाख २४ हजार ८९१ जना उपचारपछि घर फर्किएका छन् । त्यस्तै दुई लाख ५३ हजार २४५ जनाको उपचार भइरहेको छ ।

प्रकाशित समय १०:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु