गृहपृष्ठ लोमस फर्मास्युटिकल्सद्वारा उत्पादित दुई प्रकारका औषधि विक्रीमा रोक

लोमस फर्मास्युटिकल्सद्वारा उत्पादित दुई प्रकारका औषधि विक्रीमा रोक

नमुना परीक्षण गर्दा न्यून गुणस्तरको पाइएका दुई प्रकारका औषधि विक्रीवितरण गर्न औषधि व्यवस्था विभागले रोक लगाएको छ । मेट्रो ४०० एमजी (मेट्रोनिन्डाजोल ट्याबलेट) र सेटोफेन (प्यारासिटामोल ट्याबलेट ५०० एमजी) विक्री वितरणमा विभागले रोक लगाएको हो ।

दुवै औषधि लोमस फर्मास्युटिकल्स प्रालिले उत्पादन गरेका हुन् । उक्त औषधिका नमुना बजार अनुगमनका क्रममा विभागले संकलन गरेको थियो ।

औषधि ऐन २०३५ को दफा १४ बमोजिम विक्रीवितरण रोक्का गरी बजारबाट तुरुन्त फिर्ता गर्न र सोको विवरण पेश गर्न सम्बन्धित उद्योग तथा आधिकारिक विक्री वितरकका प्रतिनिधिलाई विभागले भनेको छ । विभागले उक्त औषधि सिफारिस तथा प्रयोगसमेत नगर्न सार्वजनिक सूचनामार्फत आग्रह गरेको छ ।

विभागको सूचना :

प्रकाशित समय १४:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु