गृहपृष्ठ पोर्चुगलका प्रधानमन्त्रीलाई कोरोनाको खोप

पोर्चुगलका प्रधानमन्त्रीलाई कोरोनाको खोप

पोर्चुगलका प्रधानमन्त्री एन्टोनियो कोस्टाले सोमबार कोरोनाविरुद्धको खोप लगाएका छन् । उनले खोप लगाएसँगै पोर्चुगलमा कोरोनाविरुद्धको खोप अभियान सुरु भएको अधिकारीहरुले जनाएका छन् । प्रधानमन्त्री कोस्टाले फाइजर/बायोएनटेकको खोप लगाएका हुन् । प्रधानमन्त्री कोस्टाले देशमै पहिलो खोप लगाएर खोप अभियान सुरु गरिएको हो ।

प्रधानमन्त्री कोस्टाले खोप लगाएको कुरा स्वास्थ्यमन्त्री मार्ता टेमिडोले पनि पुष्टि गरेका छन् ।त्यसैगरी राष्ट्रपति मार्सेलो रिबेलो डि सौसा तथा संसदका अध्यक्ष फेरो रोड्रिगेजले पनि कोरोना विरुद्धको खोप लगाएका छन् । त्यसपछि प्राथमिकताक्रम निर्धारण गरेर सबैलाई खोप दिने तयारी भइरहेको अधिकारीहरुले जनाएका छन् ।

प्राथमिकता निर्धारण गर्दा स्वास्थ्यकर्मीहरुलाई सबैभन्दा अगाडि राखिएको छ भने जेष्ठ नागरिक र रोगीहरुलाई अर्को उच्च प्राथमिकतामा राखिएको छ । स्वास्थ्यमन्त्री टेमिडोले पहिलो चरणमा झण्डै तीन लाख ३३ हजार र दोस्रो चरणमा झण्डै दुई लाख खोप ल्याउने तयारी सरकारले गरिरहेको जानकारी दिए ।

‘हामीले झण्डै एक चौथाइ खोप आठ दिन अगाडि नै ल्याइसकेका छौँ, अरु खोप पनि चाँडै नै आउँछ,’ उनले भने ।

प्रकाशित समय १४:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु