गृहपृष्ठ नेपालमा कुन जिल्लामा कति जनाले जिते कोरोना भाइरस ?

नेपालमा कुन जिल्लामा कति जनाले जिते कोरोना भाइरस ?

अहिलेसम्म दुई लाख ७५ हजार ९५१ जनाको गरियो पीसीआर परीक्षण

नेपालमा अहिलेसम्म आठ हजारभन्दा बढी कोरोना संक्रमित उपचारपछि घर फर्किएका छन् । ७७ वटै जिल्लामा फैलिएको भाइरसलाई जितेर अहिलेसम्म आठ हजार ११ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

नेपालमा अहिलेसम्म दुई लाख ७५ हजार ९५१ जनाको कोरोना परीक्षण गरिएको छ । जसमा १६ हजार ६४९ जनामा भाइरस देखिएको छ । त्यस्तै ३५ जना कोरोना संक्रमितको ज्यान गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सबैभन्दा बढी रौतहटमा कोरोना संक्रमित देखिएका छन् ।

शुक्रबारसम्म रौतहटमा एक हजार ४६१ जनामा भाइरस देखिएको छ भने एक जनाको ज्यान गएको छ । त्यस्तै अहिलेसम्म ३७० जना उपचारपछि घर फर्किएका छन् ।

प्रकाशित समय ०८:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु