गृहपृष्ठ नेपालमा घट्दै कोरोना संक्रमित : शनिवार ७० जनामा संक्रमण, तीनको मृत्यु

नेपालमा घट्दै कोरोना संक्रमित : शनिवार ७० जनामा संक्रमण, तीनको मृत्यु

नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार नाघेको छ । गएको २४ घण्टामा मात्रै ७० जनामा संक्रमण देखिएपछि संक्रमितको संख्या १६ हजार ७१९ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिवार तीन हजार ६४८ जनाको परीक्षण गरिएको छ । अहिलेसम्म नेपालमा दुई लाख ७९ हजार ५९९ जनाको पीसीआर परीक्षण गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

त्यस्तै आज मात्रै ४३१ जना डिस्चार्ज भएका छन् भने तीन जनाको ज्यान गएको छ । अहिलेसम्म आठ हजार ४४२ जना उपचारपछि घर फर्किएक छन् भने ३८ जनाको ज्यान गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित समय १६:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु