गृहपृष्ठ अवैध मिर्गौला प्रत्यारोपणको आरोपमा चार जना डाक्टर पक्राउ
अवैध मिर्गौला प्रत्यारोपणको आरोपमा चार जना डाक्टर पक्राउ
अवैध मिर्गौला प्रत्यारोपण गरेको आरोपमा चितवनको कलेज अफ मेडिकल साइन्सेस अर्थात् पुरानो मेडिकल कलेज भरतपुरबाट चार चिकित्सक पक्राउ परेका छन् । अवैध मिर्गौला प्रत्यारोपण गराएको आरोपमा प्रहरीले चार चिकित्सकसहित जिल्ला प्रशासन कार्यालय चितवनका कर्मचारीलाई पक्राउ गरेको हो ।
अस्पतालको मिर्गौला रोग विभाग प्रमुख प्रा. डा. राकेश बर्मा, प्रा. डा. बालकृष्ण कालाखेती, डा. किरण अधिकारी र डा. सुप्रभात श्रेष्ठ प्रक्राउ परेका हुन् । डा. सुप्रभात श्रेष्ठ कलेजका सीईओ र मेडिकल काउन्सिलका सदस्य हुन् ।
कलेजमा एक वर्षअघि ललितपुरका एक व्यक्तिको मिर्गौला प्रत्यारोपण गरिएको थियो । भान्जा नाता प्रमाणित गरेर ल्याइएका एक युवकले उनलाई मिर्गौला दिएका थिए । अनुसन्धानका क्रममा नाता प्रमाणित गलत भएको पाइए पनि प्रहरीको अपराध अनुसन्धान ब्युरोले उनीहरुलाई पक्राउ गरेको हो ।
प्रकाशित समय २१:०६ बजे

















