गृहपृष्ठ विश्वभर ७४ लाख ७८ कोरोना संक्रमित ‘डिस्चार्ज’
विश्वभर ७४ लाख ७८ कोरोना संक्रमित ‘डिस्चार्ज’
एक करोड २८ लाख व्यक्तिमा पुग्यो कोरोना संक्रमण, ४७ लाख ९५ हजारको उपचार हुँदै
गत जनवरी २२ देखि विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण उपचार गराइरहेका ७४ लाखभन्दा बढी संक्रमित डिस्चार्ज भएका छन् । अहिलेसम्म विश्वभर ७४ लाख ७८ हजार १२९ जना उपचारपछि घर फर्किएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
वर्ल्डोमिटरको तथ्यांकअनुसार अहिलेसम्म एक करोड २८ लाखभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । गएको २४ घण्टामा मात्रै दुई लाख २२ हजारभन्दा बढी व्यक्तिमा भाइरस संक्रमण देखिएपछि संक्रमितको संख्या एक करोड २८ लाख ४१ हजार ५०४ पुगेको छ ।
त्यस्तै ज्यान गुमाउनेको संख्या पनि पाँच लाख ६७ हजार नाघेको छ । यो समाचार तयार पार्दासम्म विश्वभर पाँच लाख ६७ हजार ६२८ जनाले ज्यान गुमाएका छन् । त्यस्तै ४७ लाख ९५ हजारभन्दा बढीको उपचार भइरहेको छ भने ५८ हजार ८३२ जनाको अवस्था चिन्ताजनक रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
सबैभन्दा बढी प्रकोप फैलिएको अमेरिकामा कोरोना संक्रमितको संख्या ३३ लाख नाघेको छ । गएको २४ घण्टामा मात्रै ६१ हजारभन्दा बढी व्यक्तिमा संक्रमण देखिएपछि कुल संक्रमितको संख्या ३३ लाख ५५ हजार ६४६ पुगेको हो । त्यस्तै एक लाख ३७ हजार ४०३ जनाले ज्यान गुमाएका छन् ।
अहिलेसम्म अमेरिकामा १४ लाख ९० हजार जनाले कोरोना जितेका छन् भने १७ लाख २७ हजार ७९७ जनाको उपचार भइरहेको छ । उपचार भइरहेकामध्ये पनि १५ हजार ८१९ जनाको स्वास्थ्य अवस्था जटिल रहेको अमेरिकी स्वास्थ्य विभागले जनाएको छ ।
प्रकाशित समय ०९:२४ बजे

















