गृहपृष्ठ बाढीले बगाउँदा एक बृद्धको मृत्यु
बाढीले बगाउँदा एक बृद्धको मृत्यु
फाइल तस्बिर
शनिबार साँझ त्रियुगा नदीको बाढीले बगाउँदा उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–९ गैरुन बस्ने ६० वर्षीय मान चौधरीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार साँझ ५ बजे त्रियुगा नगरपालिका–५ देउरीबाट घर फर्कने क्रममा त्रियुगा नदी तर्दा चौधरीलाई नदीको बाढीले बगाएको हो ।
बाढीले बगाएलगत्तै देउरीका केही स्थानीयवासीले खोजी शुरु गरेको र प्रहरीमा समेत खबर भएपछि प्रहरीको सहयोगमा खोजी भए पनि बाढीले बगाएको ७०० मिटर तल त्रियुगा नदी किनारमा चौधरी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक गोविन्द पुरीले बताए ।
शनिवार साँझ नै चौधरीको शव परीक्षणका लागि जिल्ला अस्पताल उदयपुरमा लगिएको पनि जिल्ला प्रहरी कार्यालय उदयपुरले बताएको छ ।
प्रकाशित समय १०:५४ बजे

















