गृहपृष्ठ थप १०४ जनामा कोराना संक्रमण
थप १०४ जनामा कोराना संक्रमण
नेपालमा थप १०४ जनामा कोरोना संक्रमण भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमित १७ हजार ४४५ पुगेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार शुक्रबार थप एक जनाको ज्यान गएको छ । अहिलेसम्म ज्यान गुमाउनेको संख्या ४० पुगेको छ ।
त्यस्तै अहिलेसम्म ११ हजार ५३४ जना उपचारपछि घर फर्किएका छन् । मन्त्रालयका अनुसार शुक्रबार मात्रै २८५ जना कोरोनामुक्त भएका छन् । हाल देशभर २२ हजार ७५६ जना क्वारेन्टिनमा छन् भने ५ हजार ८७१ जना आइसोलेसनमा उपचार भइरहेको प्रवक्ता गौतमले बताए ।
प्रकाशित समय १६:५० बजे

















