गृहपृष्ठ ड्युटीमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गर्ने २ जना पक्राउ

ड्युटीमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गर्ने २ जना पक्राउ

arrest_पक्राउ_news karobar

काठमाडौं महानगरपालिका- ३१, ठुलो खरिबोटस्थित ड्युटीमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा सोही ठाउँ बस्ने १९ वर्षीय कुमार रोक्कालगायत २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा मादक पादार्थ सेवन गरी हो-हल्ला गर्दै मानिसहरु हिँडेको भन्ने खबर प्राप्त हुनासाथ देउराली बिटबाट खटिएको प्रहरीले सम्झाई-बुझाई गर्दाउनीहरुले प्रहरी टोलीमाथि नै गालीगलौज गरी हातपातसमेत गरेपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

घटनामा घाइते भएका १ जना प्रहरी कर्मचारीको सिभिल अस्पताल मिनभवनमा उपचार भइरहेको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित समय १४:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु