गृहपृष्ठ एक करोड ६४ लाख व्यक्तिमा पुग्यो कोरोना भाइरस
एक करोड ६४ लाख व्यक्तिमा पुग्यो कोरोना भाइरस
विश्वभर एक करोडभन्दा बढी कोरोना संक्रमित डिस्चार्ज
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस एक करोड ६४ लाख १८ हजार ८६७ जनामा पुगेको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर ६ लाख ५२ हजार २५६ जनाले ज्यान गुमाएका भने एक करोड ४७ हजार ३०४ जना भाइरस जितेर घर फर्किसकेका छन् ।
वितेका २४ घण्टामा मात्रै विश्वभर दुई लाख २१ हजार २६० नयाँ संक्रमित थपिएका छन् भने चार हजार ३०३ जनाले ज्यान गुमाएको वर्ल्डोमिटरको तथ्यांकले देखाएको छ ।
सबैभन्दा बढी प्रकोप फैलिएको अमेरिकामा मात्रै गएको २४ घण्टामा ५६ हजार १३० नयाँ संक्रमित थपिएका छन् । योसँगै अमेरिकामा संक्रमितको संख्या ४३ लाख ७१ हजार ८३९ पुगेको अमेरिकी स्वास्थ्य विभागले जनाएको छ ।
अमेरिकापछिकै दोस्रो बढी प्रकोप फैलिएको ब्राजिलमा २३ हजार ४६७ जना एकै संक्रमित थपिएका छन् । त्यस्तै भारतमा अहिलेसम्मकै बढी व्यक्तिमा संक्रमण देखिएको छ ।
वितेका २४ घण्टामा अमेरिकामा थप ४५१ जनाले भाइरसबाट ज्यान गुमाएका छन् । योसँगै अमेरिकामा ज्यान गुमाउनेको संख्या एक लाख ४९ हजार ८४९ पुगेको छ । त्यस्तै ब्राजिलमा थप ५५६ जनाले ज्यान गुमाएका छन् भने अहिलेसम्म ब्राजिलमा ज्यान गुमाउनेको संख्या ८७ हजार ५२ पुगेको छ ।
प्रकाशित समय ०९:५४ बजे

















