गृहपृष्ठ विश्वभर एक करोड ६६ लाख व्यक्तिमा पुग्यो कोरोना भाइरस
विश्वभर एक करोड ६६ लाख व्यक्तिमा पुग्यो कोरोना भाइरस
एक करोड २ लाख ३२ हजार ५१ जना भाइरसलाई जितेर घर फर्के
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस एक करोड ६६ लाख ४४ हजार ६९ जनामा पुगेको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर ६ लाख ५६ हजार ५५० जनाले भाइरसबाट ज्यान गुमाएका छन् भने एक करोड २ लाख ३२ हजार ५१ जना भाइरसलाई जितेर घर फर्केका छन् ।
वितेका २४ घण्टामा विश्वभर दुई लाख १८ हजार ३५२ नयाँ संक्रमित थपिएका छन् भने चार हजार २०२ जनाले ज्यान गुमाएको वर्ल्डोमिटरको तथ्यांकले देखाएको छ ।
सबैभन्दा बढी भाइरस फैलिएको अमेरिकामा मात्रै २४ घण्टामा ६१ हजार ५७१ नयाँ संक्रमित थपिएका छन् । योसँगै अमेरिकामा संक्रमितको संख्या ४४ लाख ३३ हजार ४१० पुगेको अमेरिकी स्वास्थ्य विभागले जनाएको छ ।
अमेरिकापछि दोस्रो भाइरस फैलिएको ब्राजिलमा २३ हजार ५७९ नयाँ संक्रमित थपिएका छन् । त्यस्तै भारतमा ४६ हजार ४८४ नयाँ संक्रमित थपिएका छन् । वितेका २४ घण्टामा अमेरिकामा थप चार हजार ४०२ जनाले ज्यान गुमाएका छन् । योसँगै अमेरिकामा ज्यान गुमाउनेको संख्या एक लाख ५० हजार ४४४ पुगेको छ । त्यस्तै ब्राजिलमा थप ६२७ जनाको मृत्यु भएको छ । योसँगै अहिलेसम्म ब्राजिलमा मृत्यु हुनेको संख्या ८७ हजार ६७९ पुगेको छ ।
भारतमा वितेका २४ घण्टामा थप ६३६ जनाले ज्यान गुमाएका छन् भने योसँगै भारतमा ३३ हजार ४४८ जनाले ज्यान गुमाएका छन् ।
प्रकाशित समय १०:१६ बजे

















