गृहपृष्ठ कोरोना भाइरसबाट विश्वभर ६ लाख ९२ हजारभन्दा बढीको मृत्यु

कोरोना भाइरसबाट विश्वभर ६ लाख ९२ हजारभन्दा बढीको मृत्यु

विश्वभर एक करोड १४ लाख ४४ हजार १४९ जना उपचारपछि घर फर्किए

विश्वभर महामारीको रुपमा लिएको फैलिएको कोरोना भाइरसका कारण ६ लाख ९२ हजारभन्दा बढीले ज्यान गुमाएका छन् । गएको २४ घण्टामा मात्रै ४ हजार ४०४ जनाको ज्यान गएपछि मृत्यु हुनेको संख्या ६ लाख ९२ हजार ७९४ पुगेको हो ।

पछिल्लो २४ घण्टामा २ लाख १७ हजार ९०१ नयाँ संक्रमित थपिएका छन् । योसँगै विश्वभर १ करोड ८२ लाख ३४ हजार ९३६ जना भाइरसबाट संक्रमित भएका छन् । विश्व स्वास्थ्य संगठनकाअनुसार अहिलेसम्म विश्वभर एक करोड १४ लाख ४४ हजार १४९ जना निको भएर घर फर्किसकेका छन् ।

सबैभन्दा बढी संक्रमण फैलिएको अमेरिकामा ४९ हजार ३८ नयाँ संक्रमण देखिएको छ । योसँगै अमेरिकामा संक्रमितको संख्या ४८ लाख १३ हजार ६४७ पुगेको छ । त्यस्तै भाइरसबाट १ लाख ५८ हजार ३६५ जनाले ज्यान गुमाएका छन् । गएको २४ घण्टामा मात्रै अमेरिकामा ४४७ ले ज्यान गुुमाएको अमेरिकी स्वास्थ्य विभागले जनाएको छ ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमित ब्राजिलमा संक्रमितको संख्या २७ लाख ३३ हजार ६७७ मा पुगेको छ । त्यस्तै भाइरसबाट ९४ हजार १३० ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा मात्र ५१४ जनाले ज्यान गुमाएका छन् ।

छिमेकी राष्ट्र भारतमा १८ लाख ४ हजार ७०२ जनामा कोरोना पुगेको छ । यस्तै भाइरसबाट ३८ हजार १६१ जनाले ज्यान गुमाएको वर्ल्डोमिटरले जनाएको छ ।

प्रकाशित समय ०९:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु