गृहपृष्ठ कोरोना मृत्युदर ३.७८ प्रतिशतमा झर्‍यो, डिस्चार्ज ६३.३ प्रतिशत

कोरोना मृत्युदर ३.७८ प्रतिशतमा झर्‍यो, डिस्चार्ज ६३.३ प्रतिशत

विश्वरभ नोवेल कोरोनाभाइरस (कोभिड १९) संक्रमित मृत्युदर ३.७८ प्रतिशतमा झरेको छ । मंगलबार एक करोड ८४ लाख ४३ हजारभन्दा बढी मानिस संक्रमित भएकोमा ६ लाख ९७ हजार १८९ जनाको मृत्यु भएको हो ।

यो मृत्युदर वैशाख १६ गतेको तुलनामा ३.१२ प्रतिशतले कम हो । वैशाख १६ गते कोरोना मृत्युदर सर्वाधिक ६.९ प्रतिशत थियो ।

यो अवधिमा डिस्चार्ज दर पनि उल्लेख्य बढेको छ । वैशाख १६ गतेसम्ममा डिस्चार्ज दर ३०.१ प्रतिशत रहेकोमा साउन २० गतेसम्ममा ३३.३ प्रतिशतले बढेर ६३.३ प्रतिशतमा उक्लिएको छ । संख्यागत हिसाबले एक करोड १६ लाख ७२ हजार मानिस कोरोनालाई जितेर घर फर्किएका छन् ।

हालसम्म सर्वाधिक अमेरिकामा ४८ लाख ६२ हजार, ब्राजिलमा २७ लाख ५१ हजार, भारतमा १८ लाख ५५ लाख र रुसमा ८ लाख ५६ हजार मानिसलाई कोरोना लागेको छ ।

कोरोनाबाट मृत्यु हुने पनि अमेरिकामै धेरै छन् । अमेरिकामा एक लाख ५८ हजार ९२९, ब्राजिलमा ९४ हजार ७०२, मेक्सिकोमा ४८ हजार १२, बेलायतमा ४६ हजार २१०, भारतमा ३८ हजार ९७१, इटालीमा ३५ हजार १६६ र फ्रान्समा ३० हजार २९४ जनाको मृत्यु भइसकेको छ ।

कोभिड १९ संक्रमणको उद्गमस्थल चीन भने कोरोना संक्रमितको हिसाबले २९ नम्बरमा झरिसकेको छ । चीनले समयमै उच्च सजगता अपनाएकाले कोरोना फैलावट नियन्त्रणमा आएको हो ।

बितेका २४ घण्टामा विश्वभर १ लाख ९९ हजार संक्रमित थपिएका छन् भने ४ हजार ३७२ जनाको मृत्यु भएको छ ।

प्रकाशित समय १०:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु