गृहपृष्ठ नेविसंघ (वीपी)द्वारा आयल निगम थानकोटमा तालाबन्दीको प्रयास

नेविसंघ (वीपी)द्वारा आयल निगम थानकोटमा तालाबन्दीको प्रयास

नेपाल विद्यार्थी संघ (वीपी) ले नेपाल आयल निगमको थानकोटमा रहेको डिपोको गेटमा तालाबन्दी गर्ने प्रयास गरेको छ ।

बुधबार नेपाल विद्यार्थी संघ (वीपी) का महामन्त्री विकास पाण्डेको नेतृत्वमा गएको विद्यार्थीहरुको समूहले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको भन्दै तालाबन्दीको प्रयास गरेको हो ।

विभिन्न मागहरु मूल्य वृद्धि फिर्ता लिन, सरकारले पेट्रोलियम पदार्थमा भिन्न शीर्षक खडा गरि कर लगाएकोले पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको तर, कर दाखिला र खर्चको हिसाब सार्वजनिक नगरेकोले सो हिसाब सार्वजनिक गर्न, कर एउटै शीर्षकमा लगातार लगाएको भन्दै कर सिमित अबधिको लागि मात्र लिनुपर्ने भन्दै अहिले लगाउदै आएको कर हटाई, मुल्य अभिवृद्धि कर (भ्याट) मात्रै लागि उपभोक्तालाई सुलभ दरमा बिक्री वितरण गर्न माग राखी श्रावण ४ गते ज्ञापनपत्र बुझाएका थिए ।

ज्ञापन पत्रको त्यसको सुनाई नभएपछि श्रावण १२ गते पुन भेटेरसचेत गराएको तर, नेपाल आयल निगमले आश्वासन मात्रै दिदै पुन श्रावण १७ गतेमध्ये रातिबाट लागू हुने गरि पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरि आफ्नो मागलाई बेवास्ता गरिएको भन्दै संघले आज थानकोट डिपो अगाडि नारा जुलुससहित ताला लगाउन खोजेपछि नेपाली सेनाका टोलीले रोकेको जनाएको छ ।

आफ्नो मागको सुनुवाई नभएकोले भएको ताला लगाउने कार्य जबर्जस्ती रोकिए पनि ट्याङकर चालकलाई ट्याङ्कर नचलाउन आग्रह गरेको यद्यपी जबर्जस्ती चलाएमा अमलेख गञ्जबाट पेट्रोलियम पदार्थ भरेर काठमाडौंलगायत अन्य डिपोमा जुनसुकै स्थानमा कारबाही गरिने नेपाल विद्यार्थी संघ (वीपी) तयारी रहेको विद्यार्थी संघका नेता सुशीलराज वाग्ले जानकारी दिए ।

प्रकाशित समय १४:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु