गृहपृष्ठ कञ्चनपुरमा ४५ मुक्त हलिया परिवारलाई राहत
कञ्चनपुरमा ४५ मुक्त हलिया परिवारलाई राहत
कञ्चनपुरमा ४५ मुक्त हलिया परिवारलाई राहत वितरण गरिएको छ ।
शनिवार कञ्चनपुरको कृष्णपुर नगरपालिका, शुक्लाफाँटा नगरपालिका, वेदकोट नगरपालिका र भीमदत्त नगरपालिकाका ४५ मुक्त हलिया परिवारलाई राहत वितरण गरिएको राष्ट्रिय मुक्त हलिया समाज कञ्चनपुरका अध्यक्ष सीबी लुहारले जानकारी दिए ।
उनका अनुसार सरकारले तोकेको कोभिड १९ को नियन्त्रणको मापदण्ड पालना गर्दै राहत वितरण गरिएको हो । राहतमा प्रतिपरिवारलाई ३० केजी चामल, ४ केजी दाल, २ केजी चिनी, २ केजी नुन वितरण गरिएको छ । राष्ट्रिय मुक्त हलिया समाज महासंघ र राष्ट्रिय मुक्त हलिया समाज कञ्चनपुरको संयुक्त पहलमा राहत वितरण गरिएको उनले बताए ।
प्रकाशित समय ०७:५७ बजे

















