गृहपृष्ठ पोखरामा कोराना संक्रमित ६२ वर्षीय बृद्धको मृत्यु
पोखरामा कोराना संक्रमित ६२ वर्षीय बृद्धको मृत्यु
कास्कीमा कोरोना संक्रमणवाट ६२ वर्षीय पुरुषको निधन भएको छ । पोखरा महानगरपालिका वडा १९ का एक पुरुषको कोरोनाका कारण पोखरामा मृत्यु भएको हो ।
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत उनी कोरोना संक्रमितको शनिबार राति ११ बजेर ३५ मिनेटमा मृत्यु भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पाललका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिए ।
संक्रमित पुरुष डायबेटिजका बिरामीका कारण साउन १७ गते अस्पताल आएका थिए र कोरोनाको पुष्टि भएपछि आइसोलेसनमा राखि थप उपचार गरिएको थियो । मृतक उनी पोखरा महानगरपालिका १९ लामाचौरका ६२ वर्षीय पुरुष भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्मिाञ्चल क्षेत्रीय अस्पतालले जनाएको छ ।
संक्रमित पुरुष साउन १८ गते कोरोना संक्रमण पुष्टि भएपछि पश्चिमाञ्चाल क्षेत्रीय अस्पतालको आइसोलेसनमा राखेर उपचार गरिएको थियो ।
प्रकाशित समय ०८:२९ बजे

















