गृहपृष्ठ भरुवा बन्दुकको छर्रा लागेर घाइते

भरुवा बन्दुकको छर्रा लागेर घाइते

सांकेतिक तस्बिर ।

केआई सिंह गाउँपालिका- ३, दल्ल बस्ने जोगी सिंह ऐरकी १४ वर्षीया छोरी जानकी ऐर भरुवा बन्दुकको छर्रा लागेर आइतबार साँझ घाइते भएकी छन् ।

आफ्नै बारीमा घाँस काटिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४३ वर्षीय शेर बहादुर ऐरले ‘बाँदर हो’ भनी भरुवा बन्दुक फायर गर्दा छर्रा लागेर जानकी घाइते भएकी हुन् । घाइतेलाई शैलेश्वरी अस्पताल दिपायल हुँदै थप उपचारको लागि धनगढीतर्फ रिफर गरिएको छ ।

प्रहरी चौकी वायलबाट खटिएको प्रहरीले घटनास्थलबाट भरुवा बन्दुक बरामद गर्नुका साथै फरार भएका शेर बहादुरको खोजी गरिरहेको छ ।

प्रकाशित समय १३:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु