गृहपृष्ठ १४ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार, ५ जना पक्राउ

१४ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार, ५ जना पक्राउ

child rape_arrest news karobar

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका- ५, डाँडाडोलकी १४ वर्षीया युवतीलाई ५ जना युवाले सामुहिक बलात्कार गरेको घटना सार्वजानिक भएको छ । प्रहरीले घटना संलग्न रहेको आशंकामा पाँच जनालाई सोमबार पक्राउ गरेको छ ।

चार दिनअघि भएकाे सो घटना गाउँमै मिलाउने प्रयास भइरहेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय महेन्द्रनगर टोली डाँडाडोल पुगेको थियो । १४ वर्षका ३ जना, १६ वर्षका एक जना र १३ वर्षका एक जनालाई नियन्त्रणमा लिएकाे इन्स्पेक्टर पप्पु नायकले जानकारी दिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।

प्रकाशित समय १९:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु