गृहपृष्ठ उदयपुरमा निषेधाज्ञा जारी

उदयपुरमा निषेधाज्ञा जारी

Udayapur_district_location

उदयपुरमा निषेधाज्ञा जारी गरिएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको नोबेल कोरोना भाइरसका कारण थप संक्रमण फैलिएपछि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले जानकारी दिए ।

उनका अनुसार जिल्लाका त्रियुगा नगरपालिकाका सम्पूर्ण क्षेत्र, चौदण्डीगढी नगरपालिका र बेलका नगरपालिकाका सम्पूर्ण क्षेत्रलगायत अन्य ठाउँहरुका निषेधाज्ञा जारी गरिएको छ । औषधी उपचारबाहेक, खाद्यवस्तुलगायत अतिआवश्यकबाहेक सम्पूर्ण कामका लागि घरबाट ननिस्कनका लागि अनुरोध गरेको छ ।

उदयपुरमा मंगलबार थप ६ जना कर्मचारीसहित १५ जनामा कोरोना देखिएपछि थप फैलिन नदिन निषेधाज्ञा जारी गरिएको बताइएको छ ।

प्रकाशित समय ०८:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु