गृहपृष्ठ तीजका लागि माइतीघर आएकी खिमादेवीको सर्पको टोकाईबाट मृत्यु
तीजका लागि माइतीघर आएकी खिमादेवीको सर्पको टोकाईबाट मृत्यु
विषालु सर्पको डसाइबाट यहाँ ३० वर्षीया एक महिलाको मृत्यु भएको छ । प्रहरीचौकी चवराचौतराका अनुसार बोगटान फुडसिल गाउँपालिका–७ चवराचौतारा बस्ने खिमादेवी धामीको सर्पले डसेर मृत्यु भएको हो ।
कैलालीको घोडाघोडी नगरपालिका–१ बेलार स्थायी ठेगाना भएकी निज महिला तीजका लागि श्रीमानसँगै माइती आएकी थिइन् । उनलाई दिउँसो माइती नजीकै सर्पले डसेको थियो । उपचारका लागि अस्पताल लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । गर्मी समयमा डोटीमा वर्षेनी विषालु सर्पको डसाइबाट मानिसको अकालमै ज्यान जाने गरेको छ ।
प्रकाशित समय ०७:३७ बजे

















