गृहपृष्ठ गण्डकी प्रदेशमा ६ जनामा कोरोना पुष्टि
गण्डकी प्रदेशमा ६ जनामा कोरोना पुष्टि
गण्डकी प्रदेशमा आइतबार थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका २ जिल्ला कास्कीका ५ जना र तनहुँका १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।
कास्कीको पोखरा महानगरपालिका ५ कि ३३ वर्षीय एक महिला, वडा नम्बर १६ मा २२ र ३० वर्षीया पुरुष २२ र ५० वर्षीय महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वस्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
कस्कीमा योसँग २१३ जनाको कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै तनहुँको भानु नगरपालिकाका ३० वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ । यससँगै तनहुँमा २१३ जनामा कोरोना संक्रमण देखिसकेको छ ।
गण्डकी प्रदेशमा अहिलेसम्म १ हजार ७०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसमध्ये ५ जनाको मृत्यु भएको छ भने १ हजार ४९३ जनामा निको भएर घर फर्किएका छन् ।
प्रकाशित समय ०८:२८ बजे

















